भ्यालेन्सियालाई पराजित गर्दै रियल स्पेनिस सुपर कपको फाईनलमा
भ्यालेन्सियालाई पराजित गर्दै रियल स्पेनिस सुपर कपको फाईनलमा
२४ पौष २०७६ एजेन्सी: भ्यालेन्सियालाई पराजित गर्दै रियल स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ । साउदी अरेवियामा भएको खेलमा भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको हो । रियललाइ जित दिलाउने क्रममा टोनी क्रुज, इस्को र लुका मोड्रिचले एक एक गोल गरेका थिए ।
१५ औ मिनेटमा टोनी क्रुसको गोलबाट रियल अग्रता लिएको थियो । दोस्रो गोल ईस्कोले ३९ औ मिनेटमा गरेका थिए सो गोलबाट रियलको अग्रता दोब्बर बनाउने सफल भएको थियो । तेस्रो गोल ६५ औं मिनेटमा लुका मोड्रिचले रियलका लागि गरेका थिए ।भ्यालेन्सियाले इन्ज्युरी समयमा पेनाल्टी पायो उक्त अवसरलाई गोलमा परिणत गरेको थियो ।
दोस्रो सेमिफाइनलमा आज राति बार्सिलोना र एट्लेटिको मड्रिडबीच खेल हुनेछ । यो खेलमा विजयी हुने टोलीले १२ जनवरीमा रियालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।