खेलकुदफुटबल

खेलकूद अपडेट: मेस्सीको ४ गोलमा बार्सिलोना शिर्ष स्थानमा, रियल मड्रिड पराजित

खेलकूद अपडेट: मेस्सीको ४ गोलमा बार्सिलोना शिर्ष स्थानमा, रियल मड्रिड पराजित

११ फागुन २०७६ एजेन्सी: स्पनिस क्लब बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उकिलिएको छ । सनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई ५-० ले पराजित गरेको छ । सनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा मेस्सी एक्लैले चार गोल गरेका थिए भने एक गोल अथरले गरेका थिए ।

बार्सिलोनालाइ जित दिलाउने क्रममा मेस्सी पहिलो हाफको ४० औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।यसै खेलबाट बार्सिलोना डेब्यु गरेका मार्टिनले २ गोल अस्सिस्ट पनि गरे। बार्सिलोनाबाट मेस्सीले पहिलो गोल गोल खेलको १४ औं मिनेटमा गरे ,दोस्रो गोल ३७ औं मिनेटमा र तेस्रो गोल खेल ४० औं मिनेटमा गर्दै ह्याट्रिक पुरा गरे । मेस्सीको ह्याट्रिक सँगै बार्सिलोना पहिलो हाफमा ३-० ले अगाडी रह्यो ।

दोस्रो हाफमा बार्सिलोना फेरी दुई गोल थप्यो। खेलको ८७ मिनेटमा मेस्सीले आफ्नो र टिमको लागि चौथो गोल गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा अथरले गोल गरेपछि बार्सिलोनाले जित दर्ता गर्छ।

यो जितसंगै बार्सिलोना ललिगा फुटबलको शिर्ष स्थानमा चढेको छ । बार्सिलोनाको २५ खेलबाट ५५ अंक रहेको छ । इब्रर २४ अंक सहित १६ औं स्थानमा रहेको छ ।

ललिगा फुटबलको अर्को खेलमा रियल मड्रिड पराजित भएको छ । सनिबार राति भएको खेलमा घरेलु टोलि लेभान्टोसँग १-० ले पराजित भएको हो ।

लेभान्तेको जितमा खेलको ७९ औ मिनेटमा जोसे लुईस मोरालेसले निर्णयक गोल गरेका थिए । पराजितसँगै रियल मड्रिड ला लिगा फुटबलको दोस्रो स्थानमा झरेको छ । रियाललाई पराजित गरेको लेभान्टे ३२ अंक जोडेर १०औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *