स्पेनिस सुपर कप: बार्सिलोना बिरुद्ध एट्लेटिको मड्रिड
स्पेनिस सुपर कप: बार्सिलोना बिरुद्ध एट्लेटिको मड्रिड
२४ पौष २०७६ एजेन्सी: स्पेनिस सुपर कपको सेमिफाईनलमा आज बार्सिलोनाले एट्लेटिको मड्रिडको सामना गर्दै छ। बार्सिलोना बिरुद्ध एट्लेटिको मड्रिडको खेल नेपाली समय अनुसार १२:१५ देखि हुँदै छ ।
गए राति साउदी अरेवियामा भएको खेलमा भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको हो । रियललाइ जित दिलाउने क्रममा टोनी क्रुज, इस्को र लुका मोड्रिचले एक एक गोल गरेका थिए ।
साउदी अरेवियाको स्पोर्ट्स सिटि रंगसालामा हुने खेलमा दुवै टोलि जित दर्ता गर्दै स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गर्न चाहन्छ । यो खेलमा विजयी हुने टोलीले १२ जनवरीमा रियालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।