सन्तोष सौखलको १०० गोलको रेकड
सन्तोष सौखलको १०० गोलको रेकड
२३ पुस २०७६ काठमाडौं : सन्तोष साहुखलले १०० गोलको कीर्तिमान बनाएका छन्। शहीद स्मारक ए डिभिजन लिगमा आज नेपाल पुलिस र च्यासल युथ क्लबबीच भएको खेलमा दुवैले बराबरी खेलेका छन् ।
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासल क्लबले २-२ गोलको बराबरी खेल्दै १-१ अंक बाँडेका छन् । च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले नै गरेका थिए । खेलमा दुवैपटक अग्रता लिएको पुलिस क्लबले आफुले लिएको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा चित्त बुझाएको थियो।
२०६० सालबाट लिगमा डेब्यु गरेका सन्तोषले त्यही सिजन थ्री स्टारबाट खेल्दै संकटाविरुद्ध पहिलो गोल गरेका थिए । त्यहि समयबाट सुरु भएको गोलको यात्रा सय गोल सम्म पुग्दा महेन्द्र पुलिस क्लब संग बराबरी खेल्न पुग्यो।
खेलको पाँचौं मिनेटमै अग्रता सुरुवाग गरेको पुलिसको त्यो खुसि धेरै बेर टिक्न सकेन। पुलिसका नीरकुमार राईले पहिलो गोल गरेर पुलिसलाई १-० को अग्रता दिलाएका थिए तर १७ औं मिनेटमा सन्तोष साहुखलले च्यासलका लागि गोल फर्काएपछि खेल बराबरी हुन पुगेको थियो । जुन गोलको मद्धतले सन्तोष ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बने ।
सन्तोषले फ्रीकिकलाइ गोलमा परिणत गर्न सफल भएका थिए । च्यासलका हेमन्त थापा मगरले प्रहार गरेको फ्रिकिक गोलकिपर शत्रुघन चौधरीको हातबाट छुट्न पुगेको थियो। सन्तोषले कत्तिपनि मौका नगुमाई देब्रे खुट्टाले प्रहार गरेको बल गोलमा परिणत हुन पुगेको थियो ।
पुलिसका सुमन लामाले ४० औं मिनेटमा दोश्रो गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए । दोस्रो हाफको शुरुमै च्यासलले गोल फर्काउदै २-२को बराबरी खेल्न पुग्यो । ४९ औं मिनेटमा भएको यो गोल पनि सन्तोसले नै गरेका थिए भने उनको यो व्यक्तिगत दोस्रो थियो जुन गोलका कारण खेल २-२ को स्थितिमा पुगेको थियो ।
आजको खेल बराबरी खेलेपछि पुलिसले ५ खेलबाट ८ अंक र च्यासलले ५ खेलबाट ५ अंक जोडेको छ ।