खेलकुदफुटबल

च्याम्पियन्स लिगमा आज रियल मड्रिड _म्यान सिटी र लियोन _ युभेन्ट्स भिड्दै

च्याम्पियन्स लिगमा आज रियल मड्रिड _म्यान सिटी र लियोन _ युभेन्ट्स भिड्दै

१४ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेलहरु हुँदै छ। युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को पहिलो लेगको खेल हुँदै छ ।

पहिलो लेग खेल अन्तर्गत आज स्पनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेष्ट सिटीको सामना गर्दै छ भने अर्को खेलमा फ्रेन्चक्बल लियोनले इटालियन क्लब युभेन्ट्सको सामना गर्दै छ ।

रियल मड्रिड र म्यान सिटी तथा लियोन र युभेन्ट्सको खेल एउटै समयमा हुँदै छ । दुवै खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ ।

रियल मड्रिड घरेलु लिगको दोस्रो स्थानमा रहेको छ भने इङ्ग्लिस क्लब म्यानचेष्ट सिटी पनि घरेलु लिगको दोस्रो स्थानम रहेको छ । यता लियोन घरेलु लिगको सातौ स्थानमा रहेको छ भने युभेन्ट्स घरेलु लिगको शिर्ष स्थानमा रहेको छ ।

अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु
१ . रियल म्याड्रिड (स्पेन) १३ पटक

२. एसी मिलान (इटाली) ७ पटक

३. लिभरपूल (इंगल्याण्ड) ६ पटक

४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक

५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक

६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक

७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक

Leave a Reply

Your email address will not be published. Required fields are marked *