ए डिभिजन लिगमा आज दुई खेल हुँदै, १०० गोलको खोजीमा सन्तोष
ए डिभिजन लिगमा आज दुई खेल हुँदै, १०० गोलको खोजीमा सन्तोष
२३ पौष २०७६ एजेन्सी: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार)दुई खेल हुँदै छ । आजको खेल ब्रिगेड ब्वाईज र थ्रीस्टार दोस्रो खेल च्यासल र नेपाल पुलिसबिच हुँदै छ । पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ बजे देखि सुरु हुने छ भने दोस्रो खेल ३ बजे देखि दशरथ रंगशालामामै हुने छ ।
अंक तालिकाको कुरा गर्दा थ्री स्टार ७ अंक सहित लिगको पाँचौं स्थानमा छ भने ब्रिगेड ६ अंक सहित सातौं स्थानमा छ । पुलिस लिगमा ७ अंक सहित छैठौं र च्यासल ४ अंक सहित नवौं स्थानमा छ ।
लिगमा १४ क्लबको सहभागिता रहेको छ । विजेताले लिग ट्रफीसहित नगद ५० लाख हात पार्नेछ । मनाङ–मर्स्याङ्दी क्लब लिगको साविक विजेता हो । गत वर्ष नन रेलिगेसन लिग गरेको एन्फाले यस सिजन पुछारको एक क्लब घटुवा हुने प्रावधान राखेको छ ।
सन्तोष शाहुखलाले शहिद स्मारक ए डिभिजन लिगमा एउटा नँया कीर्तिमानी रच्दै छन् । राष्ट्रिय टिमका पुर्व स्ट्राइकर समेत रहेका सन्तोष शाहुखल १०० गोलको कीर्तिमानी नजिक रहेका छन् । सन्तोष शाहुखलले २०६० सालमा थ्रिस्टार क्लबबाट लिग करिअरको सुरुवात गरेका थिए। हाल उनि च्यासलबाट खेल्ने गर्छन् ।