खेलकुदफुटबल

म्यानचेस्टर युनाइटेडसँग म्यानचेस्टर सिटी पराजित

म्यानचेस्टर युनाइटेडसँग म्यानचेस्टर सिटी पराजित

२३ पौष २०७६ एजेन्सी: म्यानचेस्टर युनाइटेडसँग म्यानचेस्टर सिटी पराजित भएको छ । म्यान्चेष्टर सिटीले घरेलु टोलि म्यान्चेष्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको हो । घरेलु टोलि म्यान्चेष्टर युनाइटेडलाई पराजित गरे सँगै सिटी कारवाओ कपको फाइनलमा नजिक प्रवेश गरेको छ । म्यान्चेष्टर सिटीले काराबाओ कपको अन्तरगत पहिलो लेगमा आफुलाई बलियो बनाएको छ ।

मंगलबार राति भएको खेलमा सिटीलाइ जित दिलाउने क्रममा बर्नाडो सिल्भा र रियाद महारजेले गोल गरे भने एक गोल उपहार सोरुप पाएको थियो । युनाइटेडका लागि मार्कुस रासफोर्डले एक गोल फर्काएका थिए।

म्यान्चेष्टर सिटीको सुरुवाती अग्रता १७ औ मिनेटमा सिल्भाको गोलबाट लिएको थियो । रियाद महारजेले ३३ मिनेटमा गोल गर्दै सिटीको अग्रतालाइ दोब्बर पारे । युनाईटेडका परेराले आत्मघाति गोल गरेपछि सिटी पहिलो हाफमै ३–० ले अघि बढेको थियो । रासफार्डले ७० औ मिनेटमा गोल गर्दै घरेलु टोलीको फराकिलो अन्तरको हारलाई साँघुरो बनाउने काम गरेका थिए ।

दुबै टोलीबीचको दोश्रो लेग जनवरी २९ मा हुनेछ।