ए डिभिजन लिगमा सार्वाधिक गोलगर्ने र रातो कार्ड खाएका खेलाडीहरू
ए डिभिजन लिगमा सार्वाधिक गोलगर्ने र रातो कार्ड खाएका खेलाडीहरू
९ माघ २०७६ काठमाडौँ: शहिद स्मारक ए डिभिजन लिग हिजो देखि आठौ चरणको खेल सुरु सुरु भएको छ । हिजो देखि आठौ चरणको खेलहरु सुरु भएको छ । मंगलबारखेल सकिएपछि १ दिन रेस्ट दिईएको थियो । आठौ चरणको पहिलो दिन लिगको दोस्रो स्थानमा रहेका मछिन्द्र र छैठौ औ स्थानमा रहेको नेपाल पुलिसबिच भिडन्त भएको थियो। जसमा मछिन्द्रले नेपाल पुलिसलाइ १-० ले पराजित गरेको थियो।
जारी सिजनको सातौ राउण्ड सकिदा सम्म च्यासल क्लबका कप्तान सन्तोष साउखल र एपिएफका आशिष लामा ५ गोल सहित सार्वाधिक गोलगर्ने खेलाडीको शिर्ष स्थानमा रहेका छन्। त्यसैगरी नेपाल पुलिसका सुमन लामा र त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ ४ गोल सहित दोस्रो स्थानमा रहेका छन् । सोमाइड(मछिन्द्र),बिमलराणा(मनाङ मस्र्याङ्दी),उतम राई( फ्रेन्ड्स क्लब)र दर्शन गुरुङ् (न्यु रोड टीम)को तीन-तीन गोल रहेको छ ।
त्यसैगरी जारी सिजनको आठौ राउण्ड सकिदा सम्म १० खेलाडीले रातो कार्ड खाएका छन् । रातो कार्ड खाने खेलाडीहरुमा दिपेन राज सिंह (ब्रिगेड बोइज क्लब),युद्ध शाही (त्रिभुवन आर्मी क्लब),जोर्डन जूनियर नेडेम्बा ओवोना(न्यु रोड टीम),निरज बस्नेत(हिमालयन शेर्पा),अंजन राई(नेपाल पुलिस क्लब),अशोक बराल(मनाङ मस्र्याङ्दी),एक राज बुढाथोकी(मनाङ मस्र्याङ्दी),सूरज बिक(मनाङ मस्र्याङ्दी),लक्ष्मण रुचल(संकटा क्लब)र सुमन अर्याल(त्रिभुवन आर्मी क्लब)रहेका छन् ।
क्लब मध्यमा मनाङ मस्र्याङ्दीका खेलाडीहरुले सब भन्दा धेरै रातो कार्ड खाएका छन् । रातो कार्ड खाने क्लबको दोस्रो स्थनमा त्रिभुवन आर्मी क्लब रहेको छ । त्यसैगरी ब्रिगेड बोइज क्लब, न्यु रोड टीम, हिमालयन शेर्पा, संकटा क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
ए डिभिजन लिगमा आज दुई खेल हुँदै दुई खेल हुँदै छ । आजको पहिलो खेल हिमालयन शेर्पा र थ्रीस्टारबिच हुँदै छ भने दोस्रो खेल एपीएफ र जावलाखेलबिच हुँदै छ । दुवै खेल दशरथ रंगशालामा हुने छन्। आठौं चरण अन्तर्गत आज पहिलो खेलमा मध्यान्ह १२ बजे हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने छ। दोस्रो खेल एपीएफ र जावलाखेलबिच ३ बजे देखि प्रतिस्पर्धा हुँदै छ ।
शहिद स्मारक ए डिभिजन अंक तालिका