क्रिकेटखेलकुद

यी विदेशी खेलाडीले खेल्दैछन ईपीएल 2020

यी विदेशी खेलाडीले खेल्दैछन ईपीएल 2020

२२ पुस २०७६ काठमाडौं : क्रिकेट इतिहासमा चर्चित नाम हासिम अमला यस सिजन नेपालको एभरेष्ट प्रिमियर लिग खेल्न आउने खबर अहिले हरेक समाचार माध्याममा छाएको छ । दक्षिण अफ्रिकी टेष्ट टिमका पूर्व कप्तान अमला खेल्न आउने घोषणा आयोजकले यस अघि गरेको भएपनि केहि कुरा तय हुन बाँकी रहेको जनाएको थियो तर ईपीएलको आधिकारिक वेबसाइटमा हासिम अमलामात्र नभएर अन्य नयाँ आउने विदेशी खेलाडीको नामसमेत सार्वजनिक भएको छ ।

इपिएल खेल्न आउने खेलाडी हरु :

१) दक्षिण अफ्रिकाका हासिम अमला
२) वेष्ट इन्डिजका ड्वाने स्मिथ
३) इंग्ल्याण्डका लियम प्लनकट
४) वेष्ट इन्डिजका केस्रिक विलियम्स
५) अफगानिस्तानका मोहम्मद सहजाद
६) श्रीलंकाका सेकुजे प्रसन्न
७) श्रीलंकाका उपुल थरंगा
८) ब्रिटेनका लियाम प्लनकेट
९) स्कोटलेन्डका क्याली क्योएट्जर
१०) ब्रिटेनका पल कौफलिन
११) आयरलेन्डका केभिन ओब्रेन
१२) साउथ अफ्रीकाका रिचार्ड लेभी
१३) नेदरलेंड्सका पल भन मेकेरेन
१४) युएइका रोहन मुस्तफा
१५) ब्रिटेनका जोन सिम्पसन
१६) हङकङका बाबर हायात
१७) आयरलेन्डका पल रोबट स्टर्लिङ
१८) नेदरलेंड्सका रयान टेन डयोइसचाटे रहेका छन्

यसअघि वेष्ट इन्डिजकै क्रिस गेल भारतका युवराज सिंहजस्ता खेलाडी इपीएल खेल्न नेपाल आउने भनिए पनि उनीहरुको नाम सुचीमा छैन ।

तर मुस्ताफा र हायतले भने खेल्न नपाउने भएका छन् । ईपीएल आयोजकले केही दिनअघि मात्र २०१८ को इपीएल देखि २०२० को ईपीएलको बीचमा नेपालमा अन्य लिग खेलेका विदेशी खेलाडीले यस सिजन खेल्न नपाउने नियम लगाएपछि यी दुइ खेलाडी खेल्न नपाउने भएका हुन्। तर उनीहरुको नाम भने वेबसाइटबाट हटाइएको छैन ।

गत महिना पोखरामा भएको पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा मुस्ताफा र हायात दुवैले चितवन राइनोजबाट खेलेका थिए ।