राजनितीसमाचार

किन र कसले गर्दैछ सरिता गिरीको सांसद पद निलम्वन ?

किन र कसले गर्दैछ सरिता गिरीको सांसद पद निलम्वन ?

१ असार २०७७ काठमाडौं : सांसद सरिता गिरी संसद पदबाट निलम्बनमा पर्ने भएकी छिन। सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने तयारी भएको छ । लिपुलेक लिम्पियाधुरा सहित समेटिएको नयाँ नक्सा जारी गरेको नेपालले संबैधानिक अड्चन फुकाउन गरेको संबिधान संसोधन बिधेयक प्रति असहमति जनाउँदै सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको संसोधन बिधेयक खारेज हुनुपर्ने माग गर्दै छुटै संसोधन बिधेयक दर्ता गरेकी थिइन्।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए ।

‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो,’ समाजवादी पार्टीका एक नेताले भने, ‘उहाँले पार्टीको ह्वीप मान्नुभएन, त्यसैले स्वतः कारवाहीमा पर्नुहुन्छ ।’

‘हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं, स्रोतले भन्यो, ‘ तर, उहाँले पार्टीको निर्देशन मान्नुभएन ।’

पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बतायो ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *