ईपिएलको खेल तालिका सार्वजनिक
ईपिएलको खेल तालिका सार्वजनिक
१५ फागुन २०७६ काठमाडौँ : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)को खेल तालिका सार्वजनिक भएको छ । एभरेष्ट प्रिमियर लिग(ईपिएल) काठमाडौँमा यही चैत्र १ देखि सुरु हुँदै छ।
एभरेष्ट प्रिमियर लिग(ईपिएल)को उद्घाट्न खेलमा साबिक विजेता ललितपुर पेट्रिएट्स र पोखरा भिड्ने छन् । पहिलो खेल चैत १ गते टियु मैदानमा हुँदै छ । पहिलो दिन एक खेल मात्र हुने छ भने दोस्रो दिन देखि दुइ खेलहरु हुनेछ ।
एभरेष्ट प्रिमियर लिग(ईपिएल)को फाइन खेल चैत्र १५ हुने छ । खेल सिगल राउण्ड रबिनको अधरमा हुने छ ।
ईपीएल टी २० मा ६ फ्रेन्चाइज टोलीमा काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्नेछन्।

