aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । aajko rasifal in nepali Today
aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । aajko rasifal in nepali Today
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। अधिक खर्च हुनेछ र व्यवहार चलाउन पनि कर्जामार्फत धन जुटाउनुपर्ने हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आवश्यकताका वस्तु जुटाउन पनि समय लाग्नेछ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रयत्न गर्दा सम्भावना खोजी गर्ने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। अवसरका लागि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूबाट साथ पाइनेछ। योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। अस्वस्थताले कमजोरी महसुस हुनेछ। तापनि अवसरले उत्साह जगाउनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेतले काम बनाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि ( CAPRICORN )
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ।
The aja ko rashifal ( aaja ko rashifal in nepali today 2076 )i.e rashifal today in nepali , rashifal today nepali , rasifal , tapaiko aajako rashifal , today horoscope nepali , today nepali rashifal , today rashifal nepali , today rasifal nepal , today’s horoscope in nepali , today’s horoscope nepali , todays horoscope nepali , todays rashifal in nepali , todays rasifal in nepali , आजको राशिफल ,
Human life is entangled in these circumstances. A person from From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets. we Describe the twelve rasis here in today’s horoscope like Mesh, Brish, Mithun, Karkat, Singha, Kanya, Tula, Brischik, Dhanu, Makar Kumbha and Min. bishwaghatana bhshow ghatana bishwo ghatna bishwa ghatana biswa ghatna rashifal.