बिचित्र विश्व

१९२ किलो तौल भएको १९२ किलो तौल भएको बच्चा

१९२ किलो तौल भएको बच्चा

यो दुनिया अस्चार्यलाग्दा चिजले भरिएको छ। केहि कुरा त यस्ता पनि हुने गर्छन जुन सुन्दा अस्चार्य मात्र हैन पत्याउनै गार्हो पर्ने गर्छ। यस्तै सुन्दा आश्र्चाय लाग्दो एउटा घटना हो १० वर्षको उमेरमा १९२ किलो तौल भएको एउटा बच्चा को। इन्डोनेसियामा जन्मिएका यी बालकको तौल देखेर विश्व नै चकित परेको छ। उनि विश्वकै मोटो बच्चा हुन पुगेका छन् । आर्य मोटापाइस नाम गरेका यी बालकको बढिरहेको तौलले पूरै परिवार नै चिन्तित भएको छ ।

इन्डोनेसियाको पश्चिमी चिपुरवासारी गाउँमा जन्मिएका यो बालकको उमेर १० वर्षको मात्र छ तर उनको तौल १९२ किलो रहेको छ ।

आमाको पेटमा हुदाँ पनि कुनै समस्या नभएका उनी जन्मिदा ३.२ किलोका थिए । जन्मिदा सामान्य जन्मिएका यी बालक दुई वर्षसम्म कुनै समस्या थिएन । त्यसपछि भने उनको मोटोपन विस्तारै बढेको थियो । विस्तारै आर्यमा मोटाई बढ्दै गयो । उनको तौल दाइको भन्दा पनि निकै बढेपछि परिवारमा चिन्ता बढेको थियो ।

अहिले आर्य घर बाहिर जान सक्दैनन् । बजारमा उनलाई मिल्ने कपडा नपाउने हुदाँ उनले चयादर बेरिरहेका हुन्छन् । उनको मोटोपनको कारण स्कुलपनि जान छोडेका छन् । उनलाई जतिबेला पनि भोक र सुत्न मात्र मन लाग्ने गर्छ ।