स्पानियोलसँग बार्सिलोनाको बराबरी
स्पानियोलसँग बार्सिलोनाको बराबरी
स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलसंग २–२ को बराबरी रोकेको हो । स्पानियोलको लागि डभिड लोपेजले र उ लिले गोल गरेका थिए भने बार्सिलोनाबाट लुईस स्वारेज र अर्टुरो भिडाल गोल गरेका थिए ।
स्पानियोलबाट डभिड लोपेजले २३ औ मिनेटमा पहिलो गोल गरे भने स्पानियोलसँग बार्सिलोनाको बराबरीले बार्सिलोनाबाट लुईस स्वारेजले ५० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । अर्टुरो भिडालले ५९ औ मिनेटमा बार्सिलोनाको लागि गोल गरे भने खेल सकिन दुई मिनेट अघि चीनियाँ खेलाडी उ लिले गोल गरेपछि खेल बराबरी सकियो ।
अवे मैदानमा भएको खेलमा ७५ औँ मिनेटमा फ्रेन्की डी जोङ्ग दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । शीर्ष स्थानको बार्सिलोना र रियलको समान ४० अंक छ । बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । तालिकाको पुछारको टिम स्पानियोलले ११ अंक जोड्यो ।