सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको सानदार जित
सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको सानदार जित
१९ पुस २०७६ काठमाडौं : बिग ब्यास लिगमा आज भएको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै मेलबर्न स्टार्सले शानदार जित हात पारेको छ ।
शनिबार भएको खेलमा मेलबर्न रेनगेड्सलाई ८ विकेटले हराए संगै सन्दिपको टिम मेलबर्न स्टार्सले आफ्नो नाममा जित दर्ता गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलबर्न रेनगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन जोडन सफल भएको थियो ।
दोश्रो इनिङमा उत्कृष्ट ब्याटिङ गर्दै मेलबर्न स्टार्सका लागि सन्दीपले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र २६ रन खर्चिएका थिए । डेल स्टेन र एडम जाम्पाको नाममा २-२ तथा नाथन कल्टर नाइलको नाममा उक विकेट रहृयो ।
मेलबर्न स्टारले पाएको १४३ रनको लक्ष्य मात्र २ विकेट गुमाएर ७ बल बाँकी छँदा पछ्याउन सफल भयो । जितकालागि स्टारका ओपनर मार्कर स्टोइनिस ६८ रनमा अविजित रहे भने कप्तान ग्लेन म्याक्सबेलले पनि ४० रनको अविजित पारी खेले ।
जितसँगै ६ खेलमा १० अंक जोडेको मेलबर्न स्टार्स शीर्ष स्थानमा सुरक्षित छ ।