खेलकुदफुटबल

खेलकूद अपडेट: अर्सनाल विजयी, युनाइडेटडको बराबरी, बार्साले भित्र्यायो नयाँ फरवार्ड

खेलकूद अपडेट: अर्सनाल विजयी, युनाइडेटडको बराबरी, बार्साले भित्र्यायो नयाँ फरवार्ड

९ फागुन २०७६ एजेन्सी: युइएफए युरोपा लिगमा इंग्लिस क्लब अर्सनालले ग्रीस क्लब ओलम्पियालाइ पराजित गरेको छ । युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले ग्रीस क्लब ओलम्पियाकोसमाथि १–० को जित दर्ता गरेको छ । अर्सनालको जितमा एलेक्सान्द्रे लाकाजेटले गोल गरेका थिए।

अर्सनाल र ओलम्पियाको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ८१ औं मिनेटमा अर्सनलका एलेक्सान्द्रे लाकाजेटले गरेको गोलनै अर्सनलको लागि निर्णायक गोल बन्न पुग्यो र अर्सनले जित दर्ता गर्न सफल भयो ।

अर्को खेलमा इंग्लिस क्लब म्यान चेष्टरयुनादेडले बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ । घरेलु टोलि ब्रुग खेलको १५ औं मिनेटमा अग्रता बनाउन सफल भएको थियो । ब्रुगको लागि इमानुयल डेनिसले गोल गरेका थिए ।

त्यसपछि म्यानचेष्टरयुनादेडले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेललाइ बराबरीमा लिएर आए ।सो अन्थोनी मर्त्रियलले गरेका थिए । इंग्लिस क्लब अर्सनाल र ग्रीस क्लब ओलम्पियाको दोस्रो खेल २८ फ्रेबुअरीमा हुनेछ । त्यस्तै इंग्लिस क्लब म्यान चेष्टरयुनादेड र बेल्जियम क्लब ब्रुगको खेल पनि २८ फ्रेबुअरीमा हुनेछ।

स्पनिस क्लब बार्सिलोनाले नँया फरवार्ड भित्र्याएको छ । युवा फरवार्ड ओउसमान डेम्बेले र लुइस स्वारेज घाइते भएपछि फुटबल क्लब बार्सिलोनाले नयाँ फरवार्ड भित्र्याएको हो । स्पनिस क्लब बार्सिलोनाले नँया फरवार्ड मार्टिन ब्रेथवेटलाइ ४ बर्षको लागि अनुबध गरेको छ । नँया फरवार्ड मार्टिन ब्रेथवेट २०२४ सम्म बर्सिलो रहन्छन । नँया फरवार्ड मार्टिनलाइ किन १५ मिलियन खर्च गरेको छ ।

बार्सिलोना जानुअघि मार्टिन ब्रेथवेइटेले लेगानेसका लागि २४ खेल खेल्दै ६ गोल र १ असिस्ट गरेका छन् । उनको रिलिज कलज ३ सय मिलियन युरो तोकिएको छ ।