आर्थिकदेशसमाचार

एशियाकै लामो झौलुङ्गे पुल फागुनमा निर्माण सकिने

एशियाकै लामो झौलुङ्गे पुल फागुनमा निर्माण सकिने

२० पुस २०७६ काठमाडौँ : दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलले निर्माणमा अन्तिम रुप लिन सुरु गरेको छ। यो पुल निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ ।

ठेकदार कम्पनीले २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै सम्पन्न हुने भएको हो । नेपाल सरकारबाट ठेक्का प्राप्त गरेर सात करोड ९७ लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको पुलको ९२ प्रतिशत काम सम्पन्न भएकाले निर्माण सक्नुपर्ने अवघि भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुन लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिक टोपबहादुर बानियाँले जानकारी दिए ।

लामो समयदेखि उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने चर्चा चलेपनि लठ्ठा तान्ने प्रविधि नभएकाले रोकिएको थियो ।