क्रिकेटखेलकुद

मेलबर्न स्टार बिरुद्ध पर्थ स्कर्चर्स, यस कारण प्लेइङ ११ मा पर्न सक्छन् सन्दिप

मेलबर्न स्टार बिरुद्ध पर्थ स्कर्चर्स, यस कारण प्लेइङ ११ मा पर्न सक्छन् सन्दिप

१ माघ २०७६ एजेन्सी: बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्भावित १३ खेलाडीको सुचीमा पर्न सफल भएका छन् । सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आज आफ्नो दशौ खेल खेल्दै छ । मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा आज (बुधबार) पर्थ स्कर्चर्ससँग खेल्दै छ । मेलबर्न स्टार र पर्थ स्कर्चर्सको खेल नेपाली समय अनुसार दिउंसो ३ :५५ बजे देखि सुरु हुने छ ।

जारी लिगमा ८ खेलमा ९ विकेट लिएका सन्दीप आजको खेलमा पर्ने प्रबल सम्भावना रहेको छ । अघिल्लो खेलमा एक विकेट लिएका सन्दीप जारी लिगमा एक खेलका मात्र बेन्चमा बसेका थिए  । लेग स्पिनर आदम जम्पा भारत बिरुद्ध सिरिजमा रहेको कारणले गर्दा आज पनि सन्दिप लामिछाने प्लेइङ ११ मा पर्ने सम्भावना रहेको छ ।

मेलबर्न स्टार्सको टिम: ग्लेन म्याक्सवेल (कप्तान),बेन डंक,सब गोत्च ,सन्दिप लामिछाने,लान्स मोरिस, नाथन काउन्टर नाइल, मार्कस स्टानोइस,ड्यानियल वोर्रल,साम इलियट,ह्यारिस ,क्लिन्ट हिन्चलिफ,हिल्टन कार्टराइट र निक लार्किन

खेलमा ९ जित हात पारेको मेलबर्न १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । ९ खेलमा ५ जित हात परेको पर्थ स्कर्चर्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।पर्थ स्कर्चर्सको ९ खेलबाट १० अंक रहेको छ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स