ला लिगामा आज रियल र बार्सिलोनाको खेल
ला लिगामा आज रियल र बार्सिलोनाको खेल
१९ पुस २०७६ काठमाडौं : स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेल हुँदैछ । साविक विजेता बार्सिलोना र इस्पेनियोल बीच खेल हुदैछ भने रियल मड्रिड र गेट़ाफे भिड्ने छन् त्यसैगरी एट्लेटिको मड्रिड र लेभान्टे लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा आजै राति ८ः४५ बजे खेल्दैछ भने लिग लिडर बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा राति १ः४५ बजे खेल्नेछ । लिगको पुछारमा रहेको टिमविरुद्ध जित निकाल्दै बार्सिलोना शीर्ष स्थान कायम राख्ने योजनामा हुनेछ ।
यस्तै एट्लेटिको मड्रिडले घरेलु मैदानमा लेभान्टेसँग खेल्नेछ भने अर्को खेलमा भ्यालेन्सिया र इबर भिड्ने छन् । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ भने रियलले १८ खेलमा ३७ अंक जोड्दै दोस्रो स्थानमा सुरक्षित छ ।