क्रिकेटखेलकुद

होबर्ट हुरिकेन्स बिरुद्ध सन्दिप प्लेइङ्ग ११ मा

होबर्ट हुरिकेन्स बिरुद्ध सन्दिप प्लेइङ्ग ११ मा

१४ पौष २०७६ एजेन्सी: होबर्ट हुरिकेन्स बिरुद्ध सन्दिप प्लेइङ्ग ११ मा पर्ने सफल भएका छन् । मेलबर्न स्टार्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो चौथो खेल खेल्दै छ । नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो चौथो खेलमा आज होबार्ट हरिकेन्स खेल्ने छ । आज हुने मेलबर्न स्टार्सको चौथो खेल नेपाली समय अनुसार दिउंसो १:५५ बजे देखि सुरु हुँदै छ। पहिलो र दोस्रो खेलमा जित हासिल गरेको मेलबर्न स्टार्सको टिम तेस्रो खेलमा ५ रनले पराजित भएको थियो ।

शुक्रबार भएको पहिलो खेलमा बिर्सबेंनलाई २२ रनले पराजित गर्दै बिग ब्यास लिगमा सुखद सुरुवात गरेको छ । मेट्रिकन स्टेडियममा मेलबर्न स्टार्सले १ सय ६८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिंग गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सफल भएको थियो । सन्दिप पहिलो खेलमा महगा साबित भएका थिए । ४ ओभर गरेर ३८ रन दिएका सन्दिप १ विकेट लिन सफल भएका थिए ।

दोस्रो खेलमा मेलबर्न स्टार्स ५२ बिजय भएको थियो । टस जितेर पहिले मेलबर्न स्टार्सले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पाएको होबार्टले १६.ओभर खेल्दै दस विकेट गुमाएर आल आउट हुदै मात्र १११ रन जोड्न सफल भएकोप थियो । यो खेलमा सन्दिपले ३ ओभर गर्दै १८ रन दिएर १ विकेट लिन सफल भएका थिए ।

तेस्रो खेलमा भने मेलबर्न स्टार्स खेलमा ५ रनले पराजित भएको छ । करारामा टस हारेर पहिले ब्याटिङ गरेको एडिलेइडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन लक्ष्य दिएको थियो । सन्दिप लामिछानेले आज ३ ओभर गर्दै १५ रन दिएर १ विकेट लिएका थिए । जवाफी ब्याटिंग गरेको मेलबर्न स्टार १६९ रन मात्र बनाउन सफल भएको थियो ।

सन्दिपको टिममा पर्ने सम्भावना: आजकाे खेलका लागि सन्दिप लामिछाने टिममा पर्ने प्रबल संभावना रहेको छ । मेलबर्नले सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा सन्दिप लामिछानेको नाम समावेश गरिएको छ ।

बिग ब्यास लिगमा सन्दिपको प्रदर्शन: पहिलो खेलमा ४ ओभर गरेर ३८ रन दिएका सन्दिपले १ विकेट लिन सफल भएका थिए । दोस्रो खेलमा ३ ओभर गरेर १८ रन दिएर १ विकेट लिन सफल भएका थिए । तेस्रो खेलमा ३ ओभर गरेर १ विकेट लिदै १५ रन दिएका थिए । सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा सन्दीप १९ औं स्थानमा रहेका छन् सन्दिपले ७ दशमलब १० को इकोनमिमा ३ खेलमा ३ विकेट लिएका छन् ।

Hobart Hurricanes Squad: D Arcy Short, Caleb Jewell, Ben McDermott(w/c), David Miller, George Bailey, Simon Milenko, James Faulkner, Nathan Ellis, Clive Rose, Qais Ahmad, Riley Meredith

Melbourne Stars Squad: Nic Maddinson, Marcus Stoinis, Nick Larkin, Peter Handscomb(w), Glenn Maxwell(c), Ben Dunk, Nathan Coulter-Nile, Adam Zampa, Daniel Worrall, Dale Steyn, Sandeep Lamichhane

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स

बिग ब्यास लिगको चौथो स्थानमा रहेको मेलबर्न र होबर्टको समान चार चार अंक छ । तर रन रेटका आधारमा मेलबर्न अगाडि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *