दिल्ली क्यापिटल्सले गर्यो सन्दिपको तारिफ
दिल्ली क्यापिटल्सले गर्यो सन्दिपको तारिफ
१५ पौष २०७६ एजेन्सी: सामाजिक संजाल मार्फत दिल्ली क्यापिटल्सले सन्दिप लामिछानेको तारिफ गरेको छ । सामाजिक संजाल मार्फत दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दिप लामिछाने सर्वाधिक विकेट लिन सफल भएको भन्दै तारिफ गरेको हो ।
सन्दीप लामिछानेले १६ खेलमा ५९ ओभर बलिङ गर्दै ३८४ रन खर्चिदै २८ विकेट लिएर पहिलो स्थान सुरक्षित गर्न सफल भएका छन् । यो २०१९ अन्तर्गतको टि-२० खेलमा विश्वका उत्कृष्ट ४० खेलाडीको सुची तयार गर्ने क्रममा उनि पहिलो स्थानमा परेका हुन् ।
दिल्ली क्यापिटल्सबाट खेल्ने खेलाडीहरु: शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान) ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, जोसन रोय, क्रिस वोक्स, एलेक्स केरी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादवर र मार्कुस स्टोइनिस रहेका छन् ।