राजनितीसमाचार

ओलीले ‘नेम्वाङनै सभामुख हुन् भनेपछि’ प्रचण्ड जिल्ल

ओलीले ‘नेम्वाङनै सभामुख हुन् भनेपछि’ प्रचण्ड जिल्ल

१५ पुस २०७६ काठमाडौं : सभामुखको राजिनामापछि खाली भएको सभामुख पदका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सुवाष चन्द्र नेम्वाङनै फाइनल गरेपछि पुष्पकमल दाहाल प्रचण्ड अफ्ट्यारमा परेका छन् ।

नेकपा माओबादीका तर्फबाट बनेका महराको राजिनामा पछि नेकपा भित्रको पुर्व माओबादी समुहले आफ्नै पक्षका व्यक्ति सभामुख हुनु पर्ने भन्दै तयारी थालेका थिए। त्यसै क्रममा सभामुखकै विषयमा छलफल गर्न प्रचण्ड मंगलबार विहान प्रधामनन्त्री निवास बालुवाटार पनि पुगेका थिए ।

भेटमा ओलीले सभामुखमा सुवास नेम्वाङको विकल्प नखोज्न प्रचण्डलाई आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीले सभामुखमा नेम्वाङको नाम प्रस्ताव गर्नुभयो, अर्का अध्यक्षले त्यसो नगरौं भन्नुभएको छ’ नेकपा स्रोतले भन्यो ।

सभामुखका लागि व्यक्तिका विषयमा दुई अध्यक्षबीच पहिलोपटक छलफल भएको नेकपा नेताहरुको भनाइ छ । यसअघि प्रचण्डले सभामुख आफूले प्रस्ताव गर्ने भने पनि व्यक्तिबारे छलफल भएको थिएन ।