क्रिकेटखेलकुद

सिड्नी सिक्सर्ससँगको खेल आज, सन्दिपको प्लेइङ्ग ११ मा पर्ने सम्भावना कति ?

सिड्नी सिक्सर्ससँगको खेल आज, सन्दिपको प्लेइङ्ग ११ मा पर्ने सम्भावना कति ?

२७ पौष २०७६ एजेन्सी: बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्भावित १३ खेलाडीको सुचीमा पर्न सफल भएका छन् । सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आज आफ्नो नबौ खेल खेल्दै छ । मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा आज आइतबार सिड्नी सिक्सर्ससँग खेल्दै छ । मेलबर्न स्टार र सिड्नी सिक्सर्सको खेल नेपाली समय अनुसार दिउंसो १:५५ बजे देखि सुरु हुने छ ।

मेलबर्न स्टार्सको टिम: ग्लेन म्याक्सवेल (कप्तान),बेन डंक,सब गोत्च,सन्दिप लामिछाने,लान्स मोरिस, मार्कस स्टानोइस,ड्यानियल वोर्रल,साम इलियट,ह्यारिस,क्लिन्ट हिन्चलिफ,हिल्टन कार्टराइट,निक लार्किन र जोनाथनन मर्लो

यस सिजन सन्दीपले ७ खेलमा १० विकेट हात पारेका छन् । ८ खेलमा ७ जित हात पारेको मेलबर्न १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । सिड्नी सिक्सर्सले ८ खेलमा ६ जित हात पारेको छ ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स