क्रिकेटखेलकुद

एडलेड स्ट्राइकर्स बिरुद्ध सन्दिप प्लेइङ ११ मा

एडलेड स्ट्राइकर्स बिरुद्ध सन्दिप प्लेइङ ११ मा

८ माघ २०७६ काठमाडौँ: एडलेड स्ट्राइकर्स बिरुद्ध सन्दिप प्लेइङ ११ मा पर्न सफल भएका छन् । सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आज एडलेड स्ट्राइकर्ससँग खेल्दै छ। मेलबर्न स्टार्स आज १३ औ खेल खेल्दै छ ।मेलबर्न स्टार र एडलेड स्ट्राइकर्सको खेल नेपाली समय अनुसार दिउंसो १:५५ बजे देखि सुरु हुने छ ।मेलबर्न स्टार्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

जारी बिग ब्यास लिगमा सन्दिपले सन्तोषजनक प्रदर्शन गरिरहेका छन् । सन्दिपले जारी लिगमा ११ खेलमा १४ विकेट लिएका छन । आज सन्दिपले एडीलेड विरुद्ध दुई विकेट लिएमा टी २० खेलमा १०० विकेट पुरा हुनेछ । सन्दिपले अहिलेसम्म ९८ विकेट लिएका छन ।

१२ खेल मध्ये १० जित हात पारेको मेलबर्न २० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । ११ खेलमा ६मा जित हात परेको एडलेड स्ट्राइकर्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।एडलेड स्ट्राइकर्सको ११ खेलबाट १३ अंक रहेको छ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स

Teams:
Adelaide Strikers (Playing XI): Jake Weatherald, Philip Salt, Travis Head(c), Jonathan Wells, Matthew Short, Alex Carey(w), Michael Neser, Rashid Khan, Peter Siddle, Wes Agar, Billy Stanlake

Melbourne Stars (Playing XI): Marcus Stoinis, Nic Maddinson, Peter Handscomb(w/c), Glenn Maxwell, Nick Larkin, Seb Gotch, Clint Hinchliffe, Sandeep Lamichhane, Lance Morris, Daniel Worrall, Adam Zampa