स्वास्थ्य

के तपाईलाई गाडी चढ्दा वान्ता आउँछ ? त्यसो भए यसो गर्नुहोस्

के तपाईलाई गाडी चढ्दा वान्ता आउँछ ? त्यसो भए यसो गर्नुहोस्

धेरै मानिसहरूलाई गाडीमा यात्रा गर्दा वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्ने गर्छ । यात्रा गर्दा धेरै मानिसहरु वान्ता गरीहरेका हुन्छन् । विशेषगरी पहाडी राजमार्ग धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता गरिरहेका हामी देख्न सक्छौ ।

सामान्य नेपाली भाषामा गाडी लाग्नु भनिन्छ भने अंग्रेजीमा मोसन सिकनेस भनिन्छ । यो समस्या प्राय:जसो बालबालिका,माइगे्रनका बिरामी,गर्भवती वा रजस्वला भइरहेका महिलामा यसको संवेदनशीलता बढी दखिने गर्छ । यात्राको समयमा वान्त हुँदा मानिसहरु आफुलाई कमजोरी महसुस गर्ने गर्छन् ।

वान्ता हुनबाट बच्ने उपाय

यात्रा गर्नुभन्दा करिब आधा घन्टाअघि बान्ता नआउने औषधि सेवन गर्नुहोस् (यो चिकिसको सहल्ला अनुसार लिनुपर्छ )

यदि कार वा बसमा यात्रा गरिरहनु भएको छ भने मिलेसम्म अगाडिको सिटमा बस्नुस । अगाडि बस्दा चक्कर लाग्दैन ।

यात्राको समयमा किताब पढने काम गर्नु हुँदैन्

गाडी भित्रको सिसा शीशा ड्यामडुम बन्द गर्नु हुँदैन् केहि मात्रामा हावा भित्र पनि छिरन दिनु पर्छ

यात्रा गर्दा छिटो नपच्ने खाने कुरा खानु हुदैन्

गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले वान्ता हुनबाट बच्न सकिन्छ