खेलकुदफुटबल

रियल मड्रिडसँग बेन्जिमाले गरे नयाँ सम्झौता

रियल मड्रिडसँग बेन्जिमाले गरे नयाँ सम्झौता

१५ पौष २०७६ एजेन्सी: स्पेनिस क्लब रियल मड्रिडले फरवार्ड करिम बेन्जिमासँग नयाँ सम्झौता गरेको छ । ३२ वर्षे फ्रेन्च फरवार्ड बेन्जिमा अब २०२२ सम्म रियलमै रहने सम्झौता भएको छ । रियल मड्रिडले फरवार्ड करिम बेन्जिमासँग १ वर्षको सम्झौता अवधि लम्ब्याएको हो । फरवार्ड करिम बेन्जिमा २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल मड्रिडमा आएका थिए ।

मड्रिडमा रहँदा बेन्जेमाले १७ उपाधि जितेका छन् । जसमा चार च्याम्पियन्स लिग, चार क्लब वल्ड कप, तीन युइएफए सुपर कप, दुई स्पेनिस ला लिगा, दुई कोपा डेल रे र दुई स्पेनिस सुपर कप जितेका छन् ।यो सिजन करिम बेन्जिमाले २३ खेलमा १६ गोल गर्न सफल भएका छन् । नँया सम्झौता भएसँगै बेन्जिमामा तलबमा समेत वृद्धि भएको जनाईएको छ ।