क्रिकेटखेलकुद

सर्वाधिक रन बनाउनेमा विराट भन्दा पारस अगाडि

सर्वाधिक रन बनाउनेमा विराट भन्दा पारस अगाडि

१५ पौष २०७६ एजेन्सी: सन् २०१९ मा टी-२० तर्फ़ सर्वाधिक रन बनाउने सुचिमा नेपाली टिमका पुर्व कप्तान पारस खड्का भारतीय टिमका कप्तान विराट कोहली भन्दा अगाडी रहेका छन् । पारस खड्काले १८ इनिङमा ३७१ बल सामना गर्दै ५४१ रन बनाउँदै सातौं स्थानमा छन् । पुर्व कप्तान पारस खड्काले एक शतक समेत यो वर्ष नै प्रहार गरेका छन् । सन् २०१९ मा पारस खड्काले तीन अर्धशतक प्रहार गरेका छन् ।

पारस खडकाले १४५.८२ को स्ट्राइक रेटमा सन् २०१९ मा कुल ६० चौका र २५ छक्का  प्रहार गरेका छन्  । पारसको उत्कृष्ट प्रर्दशन रहेको खेलमा  शतक  बनाउने  क्रममा १ सय ६ रन बनाउँदै  अविजित रहेका थिए । भारतका कप्तान विराट कोहली भने नवौं स्थानमा रहेका छन् । विराटले यो वर्ष टी–२० तर्फ कुनै पनि शतक प्रहार गरेका छैनन् । तर  लिग खेल तर्फ विराट  कोहलीले २०१९ मा शतक  प्रहार गरेका छन् ।