क्रिकेटखेलकुदसमाचार

सन्दीप र करण बने 2019 मा सर्वाधिक विकेट लिने क्रिकेटर

सन्दीप र करण बने 2019 मा सर्वाधिक विकेट लिने क्रिकेटर

१४ पुस २०७६ काठमाडौं : नेपालका दुइ खेलाडी २०१९ मा टि-२० क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडीको शिर्ष अस्थान ओगट्न सफल भएका छन्। नेपालका लेगलस्पिनर सन्दीप लामिछाने र नेपालकै अर्का तीव्र गतिका बलर करण केसी सन् २०१९ मा टी-२० क्रिकेट मा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । सन्दिप र कारण संगै नेदरल्यान्डका तीव्र गतिका बलर ब्रान्डम ग्लोभर पनि अटाएका छन् । तीन खेलाडीले समान २८ विकेट लिंदै शिर्ष स्थानमा रहन सफल भएका हुन् ।

सन्दीप लामिछानेले १६ खेलमा ५९ ओभर बलिङ गर्दै ३८४ रन खर्चिदै २८ विकेट लिएर पहिलो स्थान सुरक्षित गरेका छन् भने डच ब्रान्डम ग्लोभरले १९ खेलमा ६५ ओभर बलिङ गर्दै ४४८ रन खर्चेर २८ विकेट लिएर दोश्रो स्थान सुरक्षित गर्न सफल भए त्यसै गरि करणले १९ खेलमा ६५ ओभर बलिङ गर्दै कुल ४७६ रन खर्चेर २८ विकेट लिएर तेश्रो स्थान सुरक्षित गर्न सफल भएका हुन् ।

आयरल्यान्डका मार्क आदिर र नेदरल्यान्डका पल भान मिकेरेनले यो बर्ष टि२० क्रिकेटमा २७-२७ विकेट लिएका छन् ।

अर्का नेपाली खेलाडी अभिनाष बोहरा १७ खेलमा १६ विकेट लिँदै ३५ औं स्थानमा अटाएका छन् भने
अफ्गानिस्तानका स्पिनर रसिद खान १० खेलमा २० विकेट लिदै १९ औं स्थानमा रहेका छन् ।

२०१९ मा सर्वाधिक विकेट लिने शीर्ष ४० खेलाडीमा टेष्ट राष्ट्रका ६ खेलाडीमात्रै पर्न सफल भएका छन् ।