पोखरा प्रिमियर लिग: चितवन राइनोज टोलिबारे सम्पूर्ण जानकारी
पोखरा प्रिमियर लिग: चितवन राइनोज टोलिबारे सम्पूर्ण जानकारी
२६ मङ्सिर २०७६ काठमाडौँ: दोस्रो संस्करणको नमस्ते पोखरा प्रीमीयर लिग सुरु हुन् अब २ दिन बाकि छ । येही मङ्सिर २८ देखि पौष १२ गते सम्म पर्यटकिय नगरि पोखरामा दोस्रो संस्करण हुँदै छ । नमस्ते पोखरा प्रीमीयर लिगमा ६ ओटा टोलीले सहभागिता जनाएका छन् ।
धनगढी ब्लुज,चितवन राइनोज,बुटवल ब्लास्टर्स,बिराटनगर टाईटन्स,काठमाडौँ गोल्डेन वारियर्स र पोखरा पल्टन रहेका छन् । चितवन राइनोजको कप्तानी पारस खड्काले गर्ने छन् । चितवन राइनोजबाट खेल्ने ३ ओटा विदेशी खेलाडीको नाम पनि सार्वजनिक भएको छ । चितवन राइनोजबाट बाबर हायत,युइक अलराउण्डर रोहण मुस्तफा रहेका छन् भने भारतका अलराउन्दर सन्नी पटेल रहेका छन् । शरद भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टनले पहिलो संस्करणमा पोखराले चितवनलाई ४ विकेटले हराएर उपाधि जितेको थियो ।
चितवन राइनोजको टोली : पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल । विदेशी खेलाडी हरुको रुपमा सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा रहेका छन् ।
कुन टिमले कसलाई रिटेन र रिलिज गरीयो
धनगढी ब्लुज –
रिटेन खेलाडी – सुनम गौतम ( ५०,००० ) , अनिल खरेल (५०,००० )
रिलिज खेलाडी – दिलिप नाथ, सन्तोष भट्ट, योगेन्द्र कार्की
चितवन राइनोज –
रिटेन खेलाडी – बिक्रम सोब ( १,३०,००० ) , बिक्रम भुसाल ( ५०,००० )
रिलिज खेलाडी – शक्ति गौचन, स्वप्निल अधिकारी र आकाश थापा
बुटवल ब्लास्टर्स –
रिटेन खेलाडी– शेर मल्ल ( ५०,००० ) , कमल खत्री ( ३०,००० )
रिलिज खेलाडी – सागर पुन, अनिल खरेल, प्रकाश केसी
बिराटनगर टाईटन्स
रिटेन खेलाडी – दिलिप नाथ ( ७५,००० ) , लोकेश बम ( ५०,००० )
रिलिज खेलाडी – जितेन्द्र सिंह ठकुरी, रोबिन जोशी , हिमांशु दत्ता
काठमाडौँ गोल्डेन वारियर्स
रिटेन खेलाडी – सुबास खकुरेल ( ५०, ००० ) , अमृत भट्टराई ( ५०, ००० )
रिलिज खेलाडी – नरेश बुढाएर, सुमित झा र सुधिर चौधरी
पोखरा पल्टन
रिटेन खेलाडी – आकाश चन्द ( ५०,००० ) , कुशल मल्ल ( १,५०,००० )
रिलिज खेलाडी – दिपेश खत्री, बिक्रम भुसाल, दिभ्याँशु मलिक