बिचित्र विश्वमनोरंजन

बिराट कोहली अक्षय कुमारभन्दा कम धनि भएरपनि पहिलो नम्बरमा किन?

बिराट कोहली अक्षय कुमारभन्दा कम धनि भएरपनि पहिलो नम्बरमा किन?

१४ पुस २०७६ काठमाडौं : भारतका बलिवुड सुरपस्टार अक्षय कुमार भन्दापनि कम आम्दानी हुँदाहुँदै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली उनि भन्दा धनि देखिए। कोहलीले कमाइमा भारतका चर्चित क्रिकेटरहरूलाई त पछि पारे नै त्यो भन्दा फरक उनको कमाइ बलिउड स्टारहरुको भन्दा पनि धेरै रहेको पाइएको छ । कमाइको हिसाबमा यो पालि सलमान खान, शाहरुख खान समेत पछि परेका छन् ।

फोर्बस पत्रिकाले हालै सार्वजनिक गरेको भारतका सय चर्चित व्यक्तिको आम्दानीको सूचीअनुसार विराट पहिलो स्थानमा छन्। विज्ञापनबाट हुने आम्दानी र लोकप्रियताका आधारमा यो सूची तयार पारिएको फोर्बसले बताएको छ।

यो बर्ष भारतीय क्रिकेटर विराट कोहलीको कमाइ २ सय ५२ करोड ७२ लाख भारु पुगेको छ। कोहलीको कमाइ म्याच फि, बिसिसिआई, ब्रान्ड एम्बासडर, विज्ञापन, आइपिएल लगायतबाट हुने आम्दानी जोडिएका छन्। कोहलीले इन्स्टाग्रामको प्रत्येक प्रायोजित पोस्टका लागि कम्तीमा एक करोड भारु लिने गरेका छन्।

बलिवुड र क्रिकेट क्षेत्रको भन्दा धेरै कमाइ भएर पनि दोस्रो नम्बरमा रहेका अक्षयकुमारको कमाइ २ सय ९३.२५ करोड निस्कियो। विराटभन्दा बढी कमाइ भएर पनि अक्षय लोकप्रियतामा पछि रहेकाले उनलाई दोस्रो स्थानमा राखिएको फोर्बसले जनाएको छ।

सलमान खान भने तेश्रो नम्बरमा झरेका छन्। उनको कमाइ २ सय २९.२५ करोड छ। अमिताभ बच्चन र भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी चौथो र पाँचौ नम्बरमा परेका छन्। अमिताभको २ सय ३९.२५ करोड र धोनीको १ सय ३५.९३ करोड भारु कमाइ देखिएको छ। शु्ुक्रबार साप्ताहिकबाट