काम नगर्ने ठेकेदारको ठेक्का खोस्न प्रधानमन्त्रीको निर्देशन
काम नगर्ने ठेकेदारको ठेक्का खोस्न प्रधानमन्त्रीको निर्देशन
९ मंसिर २०७६ काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सबै मन्त्रालयलाई लागेका ठेक्काको विस्तृत विवरण तयार पार्न र काम गर्न नसक्ने ठेकदारहरुको ठेक्का खोस्न निर्देशन दिएका छन् ।
सोमबार समीक्षा बैठकमा मन्त्रिहरुलाई सम्बोधन गर्दै प्रम ओलीले समग्रतामा यस बर्ष १४ प्रतिशत पुँजीगत खर्च न्यून भएको बताए । प्रम ओलीले भन्नुभयो, ‘गत वर्षको यसै अवधिमा एकातिर कर्मचारी समायोजन, अर्कोतिर कानून निर्माणमा लाग्दा पनि यो भन्दा बढी थियो ।’
उहाँले हप्ता-१५ दिन भित्र कुन आयोजनालाई, कुन ठेकेदारलाई ठेक्का दिइएको हो ? कहिले सम्म सम्पन्न हुनुपर्ने हो ? कुन कार्यालयले दिएको हो ? सबै डिटेल तयार पार्न निर्देशन दिनुभएको छ ।
बैठकमा प्रमा ओलीलें, ‘खरिद ऐनको ५९ को ८ बमोजिम भएको छ कि छैन ? छैन भने नहुनुका पछाडि जिम्मेवार को ?’ ‘काम गर्न सक्ने अवस्था छ कि छैन ? यदि काम गर्न सक्ने अवस्थामा छैन भने आउट गर्नुपर्छ भन्नुभयो ।’
प्रधानमन्त्री ओलीले ठेक्का प्रणाली परिर्वतन गर्नुपर्नेमा जोड दिनुभएको छ । कहिलेदेखि ठेक्का लिन थालेको र कतिवटा ठेक्का सम्पन्न गरेको भन्ने मात्र होइन, उक्त ठेकेदारको समयभित्र ठेक्का सम्पन्न गर्ने क्षमता छ कि छैन हेरेर मात्र ठेक्का दिनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले मन्त्रालयहरुलाई कसलाई कति अनुदान दिइयो भन्ने पूर्णविवरण प्रधानमन्त्री कार्यालयलाई दिन पनि आग्रह गर्नुभएको छ ।