देशराजनितीसमाचार

पूर्वराजा शाहले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

पूर्वराजा शाहले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

११ मंसिर २०७६ काठमाडौँ : टिचिङ अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले उनि उपचाररत अस्पतालमै सन्देश पठाएका छन् ।

पूर्वराजा शाहले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेर आइसीयूमा उपचार गराइरहेका प्रमा ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रम ओलीको स्वास्थ्य लाभको कामनाको सन्देश लिएर पूर्वराजा ज्ञानेन्द्र शाहका निजी सचिव पशुपति भक्त महर्जन मनमोहन सेन्टरमै पुगेका थिए ।