आईपिएल २०२०: दिल्ली क्यापिटल्सबाट हेर्न लायक तिन युवा खेलाडी
आईपिएल २०२०: दिल्ली क्यापिटल्सबाट हेर्न लायक तिन युवा खेलाडी
२८ फागुन २०७६ एजेन्सी: इन्डियाको घरेलु टी-२० क्रिकेट प्रतियोगिता आईपिएलको १३ औं समस्करण २९ मार्च देखि सुरु हुँदै छ । इन्डियाको घरेलु टी-२० क्रिकेट प्रतियोगिता आईपिएलको १३ औं समस्करण २९ मार्च देखि मे २४ सम्म चल्ने छ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियनस र चेनाई सुपर किंग्स बिचको खेल २९ मार्चमा हुने छ।
यो भन्दा अगाडीको समस्करणका दिल्ली क्यापिटल्स आईपिएलको प्लेअफमा प्रवेश गर्न सफल भएको थियो । हालै दिल्ली क्यापिटल्स अनुबन्धित इंग्ल्याण्डका तिब्र गतिका बलर क्रिस वक्सले इन्डियन प्रिमियर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन । एक लाख ६० हजार यूरोमा खरिद गरिएको क्रिस वक्सले दिल्ली क्यापिटल्सबाट नाम फिर्ता लिएका थिए ।
पृथ्वी शा

पृथ्वी शाले आफ्नो नाममा छुट्टै रेकोर्ड बनाऊ सफल भएका एक भारतीय युवा खेलाडी हुन् । गत सिजन आईपिएलमा पृथ्वी शाले १६ खेलबाट ३५३ रन बनाएका थिए । केहि समय यता भारतीय क्रिकेटर पृथ्वी शालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले निलम्बित गरेको थियो । पृथ्वी डोपिङ टेस्टमा दोषी पाइएपछि निलम्बनमा परेका थिए ।
ऋषभ पन्त

विकेटकिपर ऋषभ पन्तको अन्तरास्ट्रिय करियरमा खासै राम्रो प्रदशन गर्न सकेका छैन् । अन्तरास्ट्रिय खेलहरुमा खासै राम्रो प्रदर्शन गर्न नसकेका ऋषभ पन्तले घरेलु लिगमा आईपिएल राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । २२ बर्षका ऋषभ पन्त गत सिजन को आईपिएलमा १४ खेलबाट ६८४ रन बनाएका थिए ।
सन्दीप लामिछाने

लेग स्पिनर सन्दीप लामिछाने गत सिजन आईपिएलमा ६ खेलबाट ८ विकेट लिएका थिए । गत महिना भएको विश्वकप लिग २ अन्तर्गतको खेलमा सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । यो सन्दीपको करिअरकै उच्च प्रर्दशन थियो । नेपालका सन्दीप लामिछाने टी -२० क्रिकेटमा ७७ खेलबाट १०७ लिन सफल भएका छन् ।
