समाचारसमाज

कञ्चनपुरमा फेरि अर्को ब’लात्कारपछि ह’त्याको घटना

कञ्चनपुरमा फेरि अर्को ब’लात्कारपछि ह’त्याको घटना

१४ पुस २०७६ भीमदत्तनगर(रासस) : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको ब’लात्कारपछि ह’त्या गरिएको छ ।

सोमबार दिउसो घरमा कोही नभएको मौका छोपी स्थानीय इन्द्र चुनाराले तीन वर्षीया बालिकाको ब’लात्कारपछि ह’त्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिना अघि ह’त्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए ।

मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

“पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्”, प्रहरी प्रवक्ता चन्दले भने, “बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई ब’लात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ ।” अहिले महाकाली अस्पतालमा स्थानीयवासीको भीड लागेको छ ।