राजनितीसमाचार

बहुमतले निर्णय गराएर सभापति देउवाले गलत गरेको कोइरालाको आरोप

बहुमतले निर्णय गराएर सभापति देउवाले गलत गरेको कोइरालाको आरोप

१४ पुस २०७६ विराटनगर : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा निर्णय गरेर गलत गरेको टिप्पणी उनकै पार्टीका अर्का नेता डा शेखर कोइरालाले गरेका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले सो कुरा बताएका हुन्। उनले भने, ‘पार्टीको परम्परालाई तोड्दै सभापति देउवाले बहुमतीय प्रक्रियामा गएर गलत परीपाटी बसाले । सभापतिको यो निर्णयले पार्टीको हित कहिल्यैपनि गर्दैन, यसले नेताहरुबीचको दूरी झन् बढाउन मद्दत पुगेको छ ।’

त्यस्तै एक अर्को प्रसंगमा कोइरालाले अहिले सरकार हाकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकल कम्युनिस्ट शासनतर्फ जान लागेको दाबी समेत गरेका छन् । तिन नम्बर प्रदेशको नामांकरण का लागि निर्णय हुनु गलत भएको बताउदै प्रदेशको राजधानी र नाम नेकपाको सचिवालय बैठकले टुंग्याउनु सरकार एकल कम्युनिस्ट शासन प्रणालीतर्फ जान लागेको झल्को देखिएको उनको भनाइ थियो ।