बिचित्र विश्व

कबाडीबाट ल्याएको कुर्सीमा हीरा भेटियो

कबाडीबाट ल्याएको कुर्सीमा हीरा भेटियो

मानिसको भाग्य कहिले कतिबेला कुन अवस्थामा आएर बदलिन्छ उ स्वयमलाइ समेत थाहा हुदैन। आफ्नो कार्य र परिश्रम गर्दै जाँदा सोच्दै नसोचेको सामान्य चिजले पनि कसैको भाग्य बदलिदिन्छ । यस्तै अमेरिकामा भएको एउटा घटनाले अहिले आएर खुवै चर्चा पाएको छ । एक सामान्य जोडी जसले कहिल्यै धनी बन्ने सपना पनि देखेका थिएनन, तर कवाडीको समान खरिद गरेर घर चलाएका ति दम्पतीले गरिबीकै कारण रातारात धनी भएका छन् ।

यी दम्पतीले १० वर्ष पहिला कवाडीबाट कुर्सी खरिद गरेका थिए । उनीहरुलाई अन्दाज पनि थिएन कि भाग्य नै परिवर्तन हुन्छ । उक्त समयमा गरिबीका कारण उनीहरुसँग मर्मतको पैसा नै थिएन । त्यसैले ६ वर्षसम्म स्टोरमा नै राखिराखे ।

६ वर्षपछि कुर्सिको मर्मत गर्न खोज्दा उक्त कुर्सीमा लुकेको करोडौंको हिरा भेटिएपछि पति एंगस आश्र्चयमा परे । उनले आफ्नी पत्नीलाई नभनिकन उनीहरुको विवाह वर्षगाँठमा हिराको रिङ उपहार दिएर चकित बनाएका थिए ।