क्रिकेटखेलकुद

चितवनले चुम्यो पोखरा प्रिमियर लिग २०१९ को उपाधि

चितवनले चुम्यो पोखरा प्रिमियर लिग २०१९ को उपाधि
१२ पुस २०७६ पोखरा : नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गतको फाइनल खेलमा बिराटनगर टाइटान्सलाइ पछि पार्दै चितवन राइनोजले उपाधि हात पारेको छ । शनिबार पोखरामा भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हराउदै उपाधि चुम्न सफल भएको हो ।

सुरुमा टस जितेर फिल्डिङ रोजेको बिराटनगरले २०३ रनको विशाल लक्ष्य पाएको थियो भने सो लक्ष पछ्याउने क्रममा निर्धारित २० ओभरमा आफ्ना ७ विकेट गुमाउदै मात्र १७० रन जोड्न सफल भएको थियो ।

सुरुवाती ओभर खराब गरेको बिराटनगरका ओपनर सुनिल धमला चार रन मात्र बनाएर आउट भए भने लोकेश बम एक रनमै आउट हुन पुगे ।

त्यस लगत्तै आएका मोहम्मद दैज आलमले नुमान खानसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे । तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका खान १८ रनमा आउट भए । त्यसपछि आएका कप्तान प्रदीप ऐरीले आक्रमक पारी खेलेर ४१ रनको साझेदारी गरे ।

४८ बलको सामना गरेका आलमले पाँच चौका र तीन छक्का प्रहर गर्दै ५७ रनमा आउट हुन पुगे ।

कप्तान ऐरीसँग ४७ रनको साझेदारी गरेका मेहरा १८ औं ओभरका पाँचौं बलमा आउट भएका थिए । मेहरा ३२ र ऐरी ३६ रनमा आउट भए ।