पिपिएल: पोखरा पल्टन र काठमाडौं गोल्डेनको टोलिबारे सम्पूर्ण जानकारी
पिपिएल: पोखरा पल्टन र काठमाडौं गोल्डेनको टोलिबारे सम्पूर्ण जानकारी
२९ मङ्सिर २०७६ काठमाडौँ: आजदेखि नमस्ते पोखरा प्रिमियर लिग सुरु हुँदै छ । सनिबारदेखि सुरु हुने भनिएको नमस्ते पोखरा प्रिमियर लिग वर्षाका कारण एक दिन ढिलो सरेर आज आइतबार देखि सुरु हुँदै छ । आज पहिलो दिन पोखरा पल्टन र काठमाडौं गोल्डेन टिम भिड्दै छन् ।आज देखि सुरु हुने खेलमा दुवै टोलि पहिलो जित दर्ता गर्दै सुख्त सुरुवात गर्ने चाहान्छन् । आजको खेल नेपाली समय अनुसार ११:३० बजे देखि हुँदै छ ।पोखरा प्रिमियर लिगको विजेता टोलीलाई २७ लाख नगद पुरस्कार र उप-विजेता टोलीलाई १० लाख नगद पुरस्कार दिने घोषण गरेको थियो। यो नेपालको टी-२० लिगमा सर्वाधिक राशीको पुरस्कार हो ।
पोखरा पल्टनको टोलीमा कप्तानको भूमिकामा शरद भेषावकर रहेका छन् । उनको कप्तानी रहेको टोलिलमा रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, कुशल मल्ल, आकश चन्द र अनिल गुरुङलाई समावेस गरिएको छ । विदेशी खेलाडीको रुपमा रविइन्दर सिंह, पराग खानपुकार र प्राथामेस डाके रहेका छन् ।
काठमाडौं गोल्डेन्सको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान),पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल र अमृत भट्टाई । विदेशी खेलाडी: गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी तीनै जना भारतीय मुलका खेलाडी हुन् ।
काठमाडौँ गोल्डेन वारियर्स
रिटेन खेलाडी – सुबास खकुरेल ( ५०, ००० ) , अमृत भट्टराई ( ५०, ००० )
रिलिज खेलाडी – नरेश बुढाएर, सुमित झा र सुधिर चौधरी
पोखरा पल्टन
रिटेनज खेलाडी – आकाश चन्द ( ५०,००० ) , कुशल मल्ल ( १,५०,००० )
रिलिज खेलाडी – दिपेश खत्री, बिक्रम भुसाल, दिभ्याँशु मलिक
