क्रिकेटखेलकुद

पोखरा प्रिमियर लिग २०१९: डिफेन्डिङ च्याम्पियन पोखरा पीपीएलबाट बाहिर

पोखरा प्रिमियर लिग २०१९: डिफेन्डिङ च्याम्पियन पोखरा पीपीएलबाट बाहिर

दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगमा आज एक मात्रै खेल भएको छ । आज भएको खेलमा धनगढी ब्लुज विजयी भएको छ भने साविक विजेता पोखर बाहिरएको छ । साविक विजेता पोखर ५ विकेटले पराजित भएको हो। आज भएको खेलमा टस जितेर पहिलो ब्याटिंग रोजेको डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले १६.३ ओभरमा ७९ रनमा सबै विकेट गुमायो । पोखरा पल्टनको लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए भने विनोद भण्डारीले १२ रन बनाए बाँकी अरु ब्याट्सम्यानले दोहोर अंक बनाउन सकेनन् ।

धनगढी ब्लुजलागि स्पिनर अनिल खरेलले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। यस्तै दिपक पुनिया, कमल सिंह ऐरी र सागर ढकालले समान २/२ विकेट लिए। धनगढी ब्लुज लागि दीपेन्द्र सिंह ऐरी १३ रोड्रिगो थोमस १५ दिपक पुनिया २५ एस पाण्डे ११ सन्दिप जोर २ र मञ्जित श्रेष्ठ ९ रन बनेका थिए ।

धनगढीको टोली दीपेन्द्र सिंह ऐरी कप्तानी रहने छ । ऐरी कप्तानीमा मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम र अनिल खरेल । विदेशी खेलाडीरुपमा भारतीय खेलाडी अमित यादव रहेका छन् भने श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस क्यानाडा बाट खेल्ने गर्छन् ।

पोखरा पल्टनको टोलीमा कप्तानको भूमिकामा शरद भेषावकर रहेका छन् । उनको कप्तानी रहेको टोलिलमा रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, कुशल मल्ल, आकश चन्द र अनिल गुरुङलाई समावेस गरिएको छ । विदेशी खेलाडीको रुपमा रविइन्दर सिंह, पराग खानपुकार र प्राथामेस डाके रहेका छन् ।