हिटलरको यौनइच्क्षा र जीवन भोगाइको रहस्यमयी पाटो
हिटलरको यौनइच्क्षा र जीवन भोगाइको रहस्यमयी पाटो
काठमाडौं : दुनियाले तानाशाही भन्ने गरेका जर्मनका राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता रहेका अडोल्फ हिटलरको जन्म अप्रिल २० मा भएको मानिन्छ । हिटलर क्रुर थिए र उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका मुख्य पात्र मानिन्छन । यसका बाबजुद हिटलरका बारेमा केही यस्ता कुरा पनि छन् जो तपाइलाई विश्वास नै नलाग्न सक्छ।
अमेरिकी एक संस्थालेन केहि समय अघि सार्वजनिक गरेको रिर्पोटका अनुसार अडोल्फ हिटलर यौन आशक्त पनि थिए। एक इतिहासकारले उनको बारेमा लेखेको जीवनीमा हिटलरले वेश्यावृत्तिमा लागेका व्यक्तिसँग यौन सम्बन्ध बनाउने गरेको उल्लेख गरेका छन ।
उक्त पुस्तकमा कम उमेरका महिला र किशोरीसँग यौन सम्बन्ध राख्न उनी उत्साहित हुने गरेको उल्लेख गरिएको छ। उनले आफ्नो यौन इच्छा पुरा गर्नका लागि विभिन्न अभिनेत्रीलाई आफूसँग बोलाउथे । केही पत्रपत्रिका र वेबसाइटमा प्रकाशित समाचारका अनुसार हिटलरले सेक्सका लागि अनौँठा अनौँठा हर्कत गर्ने गरेको जर्मनकी एक अभिनेत्रीले खुलासा गरेकी थिइन्। ति अभिनेत्रीको मृत्यु १९३७ मा भर्याङबाट लडेर भएको थियो।
हिटलरका बारेमा यस्ता समाचार पनि प्रकाशित भएका थिए की उनले पुरुषसँग पनि यौन सम्बन्ध बनाउने गरेका थिए। उनी समलिंगी भएको बताइन्छ। एक मिडिया रिर्पोटका अनुसार हिटलर र उनका पुरै सेना समलिंगी भएको मान्न सकिन्छ। अचम्मको कुरा त के भने उनि मारिया अन्ना र मारियाको साथिका अवैध सन्तान थिए र उनको बाबुको नाम एलोइस थियो ।
उनका जीवनीमा आधारिक केही पुस्तकमा पनि उनी समलिंगी भएको कुरा उल्लेख गरिएको छ। त्यस्तै अर्को रहस्य के थियो भने हिटलरले बच्चाहरुसँग पनि यौन सम्बन्ध राख्ने गर्थे । यहाँ सम्मकी उनले आफ्नै भतिजीसँग पनि यौन सम्बन्ध राखेका थिए। पछि यो रहस्य बाहिर आउने खतरा भएपछि उनले आफ्नौ भतिजीको पनि हत्या गरेका थिए।
बाल्यकालभरि एडोल्फ हिटलरलाई उनका बाबुले धेरैनै पिट्ने गरेका थिए तर यो अनुशासनको लागि यसो गरिएको कथन छ ।
पढाइमा निक्कैनै जेहेन्दार रहेका हिटलरले अंशमा पाएको आफ्नो सबै सम्पत्ति घुमघाममै सके र भीख माग्न थाले र राती सडक र गल्लीमा राखिएको बेन्चमा सुत्थे ।
पहिलो विश्वयुद्धमा ब्रिटिस सैनिकहरूले एक घाइते जर्मन सैनिकको ज्यान बक्सिस दिएका थिए । ती भाग्यमानी सैनिक अरू कोही नभएर अडोल्फ हिटलर नै थिए । त्यसबाट बाचे लगत्तै उनले यहुदीलाइ छानी छानी मार्न थाले र हिटलर नाम को चर्चा विश्वमा फैलन सुरु यहि बाट भएको थियो। अचम्मको कुरा त के भने उनकी पहिलो प्रेमिका पनि यहुदी समुदायकै थिइन।