मेलबर्न स्टार तेस्रो खेलमा ५ रनले पराजित
मेलबर्न स्टार तेस्रो खेलमा ५ रनले पराजित
बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो तेस्रो खेलमा ५ रनले पराजित भएको छ । करारामा टस हारेर पहिले ब्याटिङ गरेको एडिलेइडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन लक्ष्य दिएको थियो । सन्दिप लामिछानेले आज ३ ओभर गर्दै १५ रन दिएर १ विकेट लिएका थिए । जवाफी ब्याटिंग गरेको मेलबर्न स्टार १६९ रन मात्र बनाउन सफल भयो ।
सुरुवाती २ खेलमै सन्दिपको टिम मेलबर्न स्टार्सले जित हात परिसकेको छ। शुक्रबार भएको पहिलो खेलमा बिर्सबेंनलाई २२ रनले पराजित गर्दै बिग ब्यास लिगमा सुखद सुरुवात गरेको छ । मेट्रिकन स्टेडियममा मेलबर्न स्टार्सले १ सय ६८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिंग गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सफल भएको थियो । सन्दिप पहिलो खेलमा महगा साबित भएका थिए । ४ ओभर गरेर ३८ रन दिएका सन्दिप १ विकेट लिन सफल भएका थिए ।
दोस्रो खेलमा मेलबर्न स्टार्स ५२ बिजय भएको थियो । टस जितेर पहिले मेलबर्न स्टार्सले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पाएको होबार्टले १६.ओभर खेल्दै दस विकेट गुमाएर आल आउट हुदै मात्र १११ रन जोड्न सफल भएकोप थियो । यो खेलमा सन्दिपले ३ ओभर गर्दै १८ रन दिएर १ विकेट लिन सफल भएका थिए ।
सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स
