देशसमाचार

दशगजा क्षेत्रका अवैध संरचना प्रहरीले भत्कायो

दशगजा क्षेत्रका अवैध संरचना प्रहरीले भत्कायो

११ पुस २०७६ रौतहट : नेपाल सरकारले नेपाल भारत सीमाको दशगजा क्षेत्र बनाइएका संरचनाहरु हटाउन सुरु गरेको छ । नेपालको सशस्त्र प्रहरी र र भारतको एसएसबी मिलेर दशगजा क्षेत्रमा बनाइएका घरटहरा भत्काएको छ ।

रौतहटको पश्चिमी सीमा क्षेत्र घरटहरा हटाउन सुरु गरिएको र अहिले सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।

भारतीय नागरिकहरुले दशगजामा रहेका भूभागलाई खेतका रुपमा समेत प्रयोग गर्ने गरेका थिए भने दश गजाको अधिकांश भूभागलाई दुवै तर्फका स्थानीयवासीले निजी कामका लागि प्रयोग गर्दै आएकोले जंगे, मझौला तथा साना पिल्लरहरु नोक्सान पुगेको र कतिपय स्थानमा सीमा स्तम्भ खोज्न मुस्किल हुने गरेको थियो ।

नेपालको गौर र भारतको बैरगनिया जोडने मितेरी पुलको छेउमै भारतीय पक्षले भन्सारको चेक प्वाइन्टसमेत बनाएको छ ।

आज परोहा नगरपालिकामा पर्ने पिल्लर संख्या ३५५, ३५५-१, ३५५-२, ३५४-३, ४ र ५ सम्म रहेका सबै अतिक्रमण हटाइएको छ भने भोलि देखि सधै भरि अन्य स्थानमा भएका अतिक्रमण हटाउने क्रम जारि रहने छ।