को पुग्ला त फाईनल ? सोमपालको बुटवल कि ऐरीको विराटनगर
को पुग्ला त फाईनल ? सोमपालको बुटवल कि ऐरीको विराटनगर
१० पौष २०७६ काठमाडौँ: दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगमा आज ईलिमिनेटर राउण्डको खेल हुँदै छ । आजको खेल वुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच हुँदै छ। यो खेल १२:३० बजे देखि सुरु हुँदै छ । आज खेलमा विजय हुने टोलि फाईनल प्रवेश गर्न छ । आजको बिजेता टोलीले फाईनलमा परासको चितवन राइनोजसँग खेल्ने गर्छ । बुटवल अंक तालिकामा दोस्रो र विराटनगर रनरेटको हिसाबले तेस्रो हुँदै ईलिमिनेटर राउण्डमा छनोट हुँदै प्रवेश गरेको छ ।
बुटवलको टोलीमा सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री रहेका छन् भने विदेशी खेलाडीको रुपमा अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क यी तीनै जना भारतीय खेलाडी हुन् ।
विराटनगरको टोलीमा प्रदीप ऐरी (कप्तान), दिलिप नाथ, दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनस थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल, साहव आलम , सुनिल धमला र लोकेश बम रहेका छन् । विदेशी खेलाडीको रुपमा पुनित मेहरा भामोहम्मद जैद आलम ,अफ्ताबुद्दीन एहमद खेलाडी हुन् |