क्रिकेटखेलकुद

पिपिएल क्रिकेट: पारसको चितवन र सोमपालको बुटवल दोस्रो जितको खोजीमा

पिपिएल क्रिकेट: पारसको चितवन र सोमपालको बुटवल दोस्रो जितको खोजीमा

३ पौष २०७६ काठमाडौँ: दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगमा आज एक खेल मात्रै हुँदै छ । आज हुने खेलमा सोमपालको बुटवल ब्लास्टर्स र चितवन राइनोज भिड्दै छन् । बुटवल ब्लास्टर्स र चितवन राइनोजबिचको खेल आज ११:३० देखि हुँदै छ । दुवै टोलिले आफ्नो पहिलो खेलमा जित दर्ता गरिसकेका छन् । पारसको चितवनले पोखरा पल्टनलाई ६ विकेट पराजित गरेको थियो भने सोमपालको बुटवल ब्लास्टर्सले काठमाडौँ गोल्डेनलाइ सुपर ओभरमा पराजित गर्न पुगेको थियो ।दुवै टोलीको आज दोस्रो खेल हो । दुवै टोलि जित हासिल गर्दै शिर्ष स्थानमा उकलिना चाहन्छन ।

बुटवलको टोलीमा सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री रहेका छन् भने विदेशी खेलाडीको रुपमा अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क यी तीनै जना भारतीय खेलाडी हुन् ।

चितवन राइनोजको टोलीको कुरा गर्दा पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल रहेका छन् । विदेशी खेलाडीहरुको रुपमा भारतका सन्नी पटेल, बाबर हायत र युएइका रोहन मुस्तफा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *