अशोक डिंडाले बलिङ कोचमाथि दुर्व्यवहार गरेपछि टिमबाट निष्काशित
अशोक डिंडाले बलिङ कोचमाथि दुर्व्यवहार गरेपछि टिमबाट निष्काशित
१० पौष २०७६ एजेन्सी: पश्चिम बंगालका सिनियर फास्ट बलर अशोक डिंडालाई अनुशासनहीनताको आरोपमा १६ सदस्यीय टीमबाट निष्काशित गरेको छ । अशोक डिंडाले भारतका लागि १३ एकदिवसीय खेल खेलिसकेका छन् जसमा डिंडाले १२ विकेट लिएका छन् भने टी–२० अन्तर्राष्ट्रिय खेलबाट १७ विकेट लिए ।
बंगाल टिमको मैनेजमेन्टले फास्ट बलर अशोक डिंडालाई टीमबाट निष्काशित गरेको हो । मिडिया रिपोर्ट अनुसार मंगलबार अभ्यासको क्रममा बलिङ्ग कोच रणदेव बोसलाई अशोक डिंडाले दुव्र्यवहार गरेका थिए ।
मिडिया रिपोर्ट अनुसार मंगलवार प्रैक्टिस गरिरहेको बेला अशोक डिंडा र बलिङ्ग कोच रणदेव बोस केहि कारण झगडा भएको थियो । मंगलबारनै रणदेव बोसले बंगालका कप्तान अभिमन्यु इश्वरनसँग ड्रेसिंग रुममा केही कुराकानी गरिरहेका थिए तेहीबेला अशोक डिंडा आएर कोचलाइमाथि दुर्व्यवहार गरेका थिए ।
अशोक डिंडालाई बंगाल क्रिकेट संघले बलिङ कोच रणदेव बोससँग माफी माग्न भन्यो तर अशोक डिंडाले भने माफी मागेनन् । माफी मागन अस्विकार गरेकै उनलाइ टिमबाट निष्काशित गरेको हो ।