खण्डग्रास सूर्यग्रहण: आज कुन-कुन राशीले हेर्न मिल्छ ?
खण्डग्रास सूर्यग्रहण: आज कुन-कुन राशीले हेर्न मिल्छ ?
१० पौष २०७६ काठमाडौँ: आज पौष १० गते खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालबाट पनि बिहीवार खण्डग्रास सूर्यग्रहण देखिने अधिकारीहरूले बताएका छन्। तर बिहीवारको सूर्यग्रहणको पूर्ण रूप भने नेपालबाट नदेखिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीले जनाएको छ ।
सूर्यग्रहण बिहान ८:४२ बजे देखि ११:३१ बजे सम्म २ घण्टा ४९ मिनट सूर्य ग्रहरण लाग्ने छ । नेपालको पूर्वी भागबाट सन् १९६५ नोवेम्बर २३ तारिखमा बिहान देखिएको ‘रिङ्ग अफ् फायर’ नेपालले अब सन् २०६४ फेब्रुअरी १७ तारिखमा मात्र देख्न सकिने छ भनेर नेपाल एस्ट्राेनाेमिकल सोसाइटीले जनाएको छ ।
वैज्ञानिक मुल्य मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै हानी नहुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ग्रहणको समयमा नेपालबाट १० बजेतिर सूर्यको झण्डै ४० प्रतिशतसम्म भाग ढाकिएको देख्न सकिने सोसाइटीले जनाएको छ ।
कुन राशीले सूर्यग्रहण हेर्न मिल्छ: कर्कट, तुला, कुम्भ र मीन राशि
कुन राशीले सूर्यग्रहण हेर्न मिल्दैन्: मेष,वृष,मिथुन, सिंह,तुला,वृश्चिक,धनु,मकर,कुम्भ र मीन
ग्रहण हेरे कुन राशिलाई के हुन्छ ?
मेषः माननाश
वृषः कष्ट
मिथुनः स्त्रीपीडा
कर्कटः सुखप्राप्ति
सिंहः चिन्ता बढ्ने
कन्याः व्यय
तुलाः श्रीप्राप्ति
वृश्चिकः क्षति
धनुः घातको शिकार
मकरः व्यय
कुम्भः लाभ
मीनः सुख प्राप्ति
के छ ग्रन्थमा ?
धार्मिक ग्रन्थहरुमा सूर्य ग्रहण लागेका बेला सुतेको खण्डमा रोग लाग्ने, पिसाब गरे दरिद्रता बढ्ने, दिसा गरे कीराको रूपमा पुनर्जन्म हुने, यौनसम्बन्ध राखे अर्को जन्ममा सुँगुर भएर जन्मिने, मेकअप गरे कुष्ठरोग लाग्ने, खाना खाए अधोगति हुने, कसैलाई थुनेर राखे सर्प भएर जन्मनुपर्ने र हिंसा गरे नरकबास हुने उल्लेख छ ।