क्रिकेटखेलकुद

पिपिएल क्रिकेट: आज हुने दुई खेलबारे सम्पूर्ण जानकारी

पिपिएल क्रिकेट: आज हुने दुई खेलबारे सम्पूर्ण जानकारी

६ मङ्सिर २०७६ काठमाडौँ: दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगमा आज दुई खेल हुँदै छ । पहिलो खेल पारसको चितवन र प्रदिप एरिको बिराटनगर टाईटन्सबिच हुँदै छ । आजको खेलमा प्रदिप एरिको टिम बिराटनगर टाईटन्सलाई पराजित गरेको खण्डमा चितवन राइनोज फाईनमा प्रवेश गर्ने छ । अर्कोतिर बिराटनगर टाईटन्स दोस्रो जित दर्ता गर्दै उत्कृस्ट-३ भित्र पर्दै प्लेअफ सम्भावना जीवित राख्न चाहन्छ।

दोस्रो खेल भने धनगढी ब्लुज र बुटवल ब्लास्टरबिच रहेको छ । यो खेल १ देखि सुरु हुदै छ ।दुवै टोलि जित निकालदै उत्कृस्ट-३ भित्र पर्दै प्लेअफ सम्भावना जीवित राख्न चाहन्छ।

चितवन राइनोजको टोलीको कुरा गर्दा पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल रहेका छन् । विदेशी खेलाडीहरुको रुपमा भारतका सन्नी पटेल, बाबर हायत र युएइका रोहन मुस्तफा रहेका छन् ।

विराटनगरको टोलीमा प्रदीप ऐरी (कप्तान), दिलिप नाथ, दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनस थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल, साहव आलम , सुनिल धमला र लोकेश बम रहेका छन् । विदेशी खेलाडीको रुपमा पुनित मेहरा भारतीय मुलका खेलाडी हुन् भने मोहम्मद जैद आलम र नोमन खान पाकिस्तानी मुलका खेलाडी हुन् ।

धनगढीको टोली दीपेन्द्र सिंह ऐरी कप्तानी रहने छ । ऐरी कप्तानीमा मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम र अनिल खरेल । विदेशी खेलाडीरुपमा भारतीय खेलाडी अमित यादव रहेका छन् भने श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस क्यानाडा बाट खेल्ने गर्छन् ।

बुटवलको टोलीमा सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री रहेका छन् भने विदेशी खेलाडीको रुपमा अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क यी तीनै जना भारतीय खेलाडी हुन् ।