क्रिकेटखेलकुद

पिपिएल क्रिकेट: ‘गर वा मर’को अवस्थामा ज्ञानेन्द्रको टिम

पिपिएल क्रिकेट: ‘गर वा मर’को अवस्थामा ज्ञानेन्द्रको टिम

८ पौष २०७६ एजेन्सी: दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगमा आज एक खेल हुँदै छ । यो काठमाडौं गोल्डेन्स र चितवन राइनोजबिच हुने छ । यो खेल ११:३० बजे देखि सुरु हुँदै छ । आजको खेलमा ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सको टोली गर वा मरको अवस्थामा रहेको छन् ।गोल्डेन्सको टोली गर वा मोरको अवस्थामा रहेको छ किन भने अन्तिम तिनमा जान आजको खेल जित्नै पर्ने छ । चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ । जितले काठमाडौं गोल्डेन्स प्ले अफमा पुग्नेछ ।

पराजित भए काठमाडौं गोल्डेन्सले अन्य खेलको नतिजा कुर्नु पर्नेछ । आजको खेलमा चितवन राइनोज विजय भए सिधै फाईनालमा प्रवेश गर्ने छ ।शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ भने दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नेछ । पोखरा प्रिमियर लिगको विजेता टोलीलाई २७ लाख नगद पुरस्कार र उप-विजेता टोलीलाई १० लाख नगद पुरस्कार दिने घोषण गरेको थियो।

प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन्।यो नेपालको टी-२० लिगमा सर्वाधिक राशीको पुरस्कार हो ।

काठमाडौं गोल्डेन्सको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान),पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल र अमृत भट्टाई । विदेशी खेलाडी: गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी तीनै जना भारतीय मुलका खेलाडी हुन् ।

चितवन राइनोजको टोलीको कुरा गर्दा पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल रहेका छन् । विदेशी खेलाडीहरुको रुपमा भारतका सन्नी पटेल, बाबर हायत र युएइका रोहन मुस्तफा रहेका छन् ।