यस्तो छ रुसले बनाएको विश्वकै खतरनाक पनडुब्बी
यस्तो छ रुसले बनाएको विश्वकै खतरनाक पनडुब्बी
कुनै बेला विश्वकै ठुलो र शक्तिशाली राष्ट्र रुसले आफ्नो सिमा सुरक्षा, हवाई सेना र जल सेनाको निर्माणमा अत्याधिक रकम हरेक वर्ष छुट्याउने गर्दछ । सुरक्षा क्षेत्रमा अत्यधिक लगानी गर्ने रुसले अहिले सँसारलाई आश्चर्यमा पार्ने निक्कैनै अनौठो पनडुब्बी निर्माण गरेको छ ।
निर्माण गरेको अचम्मको पनडुब्बी जहाजको नाम यासेन रहेको छ । यासेनकोे चौथो पिढीको निर्माण सन् १९७० मा सुरु भएको थियो । युद्धका लागि भनेर तयार गरिएको यो पनडुब्बीको सम्पूर्ण डिजाइन कार्य सन् १९९० मा तया भइ सकेको थियो भने पनडुब्बीमा आधुनिक प्रकारको छ । यसलाई रुसी सैन्यको मेरुडण्ड पनि भनिएको छ ।
यो पनडुब्बी तरल धातु र टाइटेनियम जस्ता पदार्थबाट बनाइएको छ भने यो करिब सय दिन सम्म समुन्द्र मुनिनै रहन सक्छ त्यस्तै यसले करिब ९० जना चालक दल सदस्यहरु बोक्न सक्छ । खास कुरा त के भने यसले करिब सय किलोमिटरको दूरी सम्मको लक्ष्यलाई पत्ता लगाउन र निशाना बनाउन सक्छ ।
अत्याधुनिक प्राबिधिक प्रयोग गरेर बनाइएको यो पनडुब्बीमा सैनिकलाई चाहिने सम्पूर्ण व्यवस्था राखिएको छभने यसले कैयौ किसिमको लाडाकु मिसाइलहरु बोक्न सक्ने क्षमता राखेको छ । यसले समून्द्रभित्र लडाई गर्न सक्ने क्षमता समेत राख्छ । यसको लडाकु क्षमताका कारण यसलाई सुपर सोनिक पनडुब्बी जहाज समेत भनिने गरिएको छ ।