क्रिकेटखेलकुद

पिपिएल क्रिकेट: उपाधि दाबेदार पारसको चितवन बिरुद्ध दिपेन्द्रको धनगढी

पिपिएल क्रिकेट: उपाधि दाबेदार पारसको चितवन बिरुद्ध दिपेन्द्रको धनगढी

दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगमा आज दुई खेल हुँदै छ । पहिलो खेल पोखरा पल्टन र बुटवल ब्लासटर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच हुँदै छ । पोखरा क्रिकेट मैदान हुने पोखरा पल्टन र बुटवल ब्लासटर्सबिचको खेल विहान ९ बजे देखि सुरु हुँदै छ।अर्को खेल भने १:१५ बजे देखि सुरु हुँदै छ । जारी प्रतियोगितामा चितवन अपराजित रहेको छ ।

बुटवलको टोलीमा सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री रहेका छन् भने विदेशी खेलाडीको रुपमा अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क यी तीनै जना भारतीय खेलाडी हुन् ।

पोखरा पल्टनको टोलीमा कप्तानको भूमिकामा शरद भेषावकर रहेका छन् । उनको कप्तानी रहेको तोलिलमा रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, कुशल मल्ल, आकश चन्द र अनिल गुरुङलाई समावेस गरिएको छ । विदेशी खेलाडीको रुपमा रविइन्दर सिंह, पराग खानपुकार र नोमन खान रहेका छन् ।

चितवन राइनोजको टोलीको कुरा गर्दा पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल रहेका छन् । विदेशी खेलाडीहरुको रुपमा भारतका सन्नी पटेल, बाबर हायत र युएइका रोहन मुस्तफा रहेका छन् ।

धनगढीको टोली दीपेन्द्र सिंह ऐरी कप्तानी रहने छ । ऐरी कप्तानीमा मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम र अनिल खरेल । विदेशी खेलाडीरुपमा भारतीय खेलाडी अमित यादव रहेका छन् भने श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस क्यानाडा बाट खेल्ने गर्छन् ।